जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • १४ जीवन बीमा कम्पनीहरुको ५ अर्ब भन्दा बढिको बीमा पोलिसी सरेण्डरः नेपाल बीमा प्राधिकरण बेखबर !

१४ जीवन बीमा कम्पनीहरुको ५ अर्ब भन्दा बढिको बीमा पोलिसी सरेण्डरः नेपाल बीमा प्राधिकरण बेखबर !

नेपालका १४ जीवन बीमा कम्पनीहरुको ५ महिनामा ५ अर्ब भन्दा बढिको बीमा पोलिसी सरेण्डर भएको छ भन्दा अब फरक पर्दैन । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा लेख सरेण्डर भएको खुलासा भएको छ भन्दा फरक पर्दैन । आफूलाई नम्बर १ जीवन बीमा कम्पनी बताउँदै आएको नेपाल लाईफ इन्स्योरेन्स यति बेला संकटमा फस्दै आएको देखिन्छ । बीमितले पाउने बीमा लेखको दाबी भुक्तानी समयमा नदिने, नेपाल बीमा प्राधिकरणका सयौं निर्देशन पालना नगर्ने, सञ्चालकहरुको बैठक भत्ता डरलाग्दोरुपमा बढाएर लुट मच्चाएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको आफ्‌नै कम्पनी भवन निर्माणको जग्गा खरिद गर्दा साविक मूल्य भन्दा आनाकै २० लाख बढि लगाएर एक सञ्चालक मार्फत कमिशन लिएको भेटिएको छ । यो समाचारको कपी सहित आगामी अंकमा दिने नै छौं ।

अर्को सूर्य ज्याेती लाईफ इन्स्योरेन्स कम्पनी जो सधैं विवाद नै विवादमा फस्दै आएको छ । एक ग्राहकको बीमाकै कारण हत्या समेत भएका घटना हामीले प्रकाशन गरेका थियौ । यहि कम्पनीका बीमा लेख यति बेला सरेण्डर भएका छन् भन्दा फरक पर्दैन । चन्द्र प्रसाद ढकालको लगानीको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका सयौं बीमा लेख सरेण्डर भएका छन् । विवादित सिइओ पवन कुमार खड्कालाई कम्पनीमा भित्र्याएपछि बीमा लेख सरेण्डर गर्नेको संख्या दिन दिनै बढेर गएको एक सञ्चालकले दाबी गरे ।

नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् ।

कम्पनीकै सिइओ मार्फत नै शेयर कारोबार गरेर करोडौं रकम सञ्चालकको खातामा पुर्‍याउने हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको बीमा लेख सरेण्डर भएको भेटिएको छ । यी चार बीमा कम्पनी देखि होसियार ! ग्राहकहरु लुट्ने काम यी चार कम्पनीका सिइओबाट भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम बीमा पोलिसी सरेण्डर गरेका छन् । गत बर्षको तुलनामा बीमा पोलिरी सरेण्डर १७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । भन्दा फरक पर्दैन ।

गत बर्षको सोहि अवधिमा बीमितहरुले ४५ हजार ६० जना बीमा पोलिसी वापत ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए । बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था रहेको देखिन्छ ।

बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले बीमा पोलिसी किनेपछि समय–समयमा बीमाको नीतिअनुसार प्रिमियम बुझाउनुपर्ने हुन्छ । केही कारणवश बीमित शुल्क तिर्न छोड्नु र बीमा गरेको रकम फिर्ता लिनु नै बीमा सरेण्डर हो । ‘सरेण्डर’ अङ्ग्रेजी शब्द हो भने नेपालीमा समर्पण भनिन्छ ।

मानौँ रामले कुनै पनि जीवन बीमा कम्पनीमा बीमालेख किनेको छ, या बीमा गरेको छ भनौँ । रामले केही कारणवश शुल्क बुझाउन छाडेर त्यसलाई निरन्तर नदिने सोचमा पोलिसी त्याग्ने काम नै सरेण्डर हो।

यसलाई उदाहरणसहित यसरी बुझ्न पनि सकिन्छ । मानौँ रामले कुनै पनि जीवन बीमा कम्पनीमा बीमालेख किनेको छ, या बीमा गरेको छ भनौँ । रामले केही कारणवश शुल्क बुझाउन छाडेर त्यसलाई निरन्तर नदिने सोचमा पोलिसी त्याग्ने काम नै सरेण्डर हो। हामीले आफूसँग पैसा भएको बेलामा बीमा पोलिसी किन्छौँ र आफूलाई खर्च अभाव भएको बेलामा बीमालाई निरन्तरता नदिई आफूले जम्मा गरेको रकम र बीमा बापत प्राप्त हुने बाँकी सबै रकम लिएर कुनै पनि बीमाबाट बाहिरिन्छौ भन्ने त्यही नै हो सरेण्डर हो । भन्दा फरक पर्दैन । बीमितले बीमा पोलिसी त्याग्नुमा धेरै कारणहरू हुन्छन् । अभिकर्ताहरूले ग्राहकको आर्थिक अवस्था नै नबुझी बीमा पोलिसी बेच्दा पनि बीमा पोलिसी त्याग्नुको कारण हुन् सक्छ । ग्राहकलाई पैसाको आवश्यक भएको खण्डमा, प्रिमियम तिर्न कठिनाइ भएको अवस्थामा पनि बीमा सरेण्डर हुन् सक्ने सम्भावना बढी हुन्छ । भन्दा अब फरक पर्दैन । सचेत भया ।

240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका