जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको दौड

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको दौड

नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि ४७ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन सोमबारसम्म उक्त संख्यामा आवेदन दर्ता भएका हुन्।

अध्यक्ष छनोटका लागि गठित समितिले गत वैशाख १५ गते सूचना प्रकाशित गरी वैशाख २१ गतेसम्मको समयसीमा तोकेको थियो। तोकिएको समयभित्र बोर्डका बहालवाला तथा पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर र वित्तीय क्षेत्रका विज्ञहरूले उत्साहजनक रूपमा आवेदन दिएका छन्।

मन्त्रिपरिषद्ले गत वैशाख ८ गते डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्।

प्राप्त आवेदनहरूको आवश्यक मूल्याङ्कन र प्रक्रिया पुरा गरी छनोट समितिले उत्कृष्ट पाँच जनाको नाम सिफारिस गर्नेछ। सोही सिफारिसका आधारमा सरकारले बोर्डको आगामी नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउनेछ। धितोपत्र बजारको नियामक निकायमा लामो समयदेखि नेतृत्व रिक्त रहँदा धेरै नीतिगत र प्रक्रियागत कार्यहरू प्रभावित हुँदै आएका छन्।

795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?