
विश्व वातावरण दिवसको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंकले यही २०८३ जेठ २३ गते शनिबार चौथो सांग्रिला साइकल र्याली आयोजना गर्ने भएको छ । वातावरण संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले विगतका वर्षहरूमा जस्तै यसपटक पनि यो र्याली आयोजना गर्न लागेको हो । उक्त र्याली काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु भई दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैन भवन र सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार हुँदै पुनः एलिस रिसेप्सन गैरीधारामा पुगेर समापन हुनेछ ।
र्यालीमा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले बैंकद्वारा उपलब्ध गराइएको ह्वाट्सएप नम्बर वा आधिकारिक लिङ्क र क्यूआर कोड स्क्यान गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन् । र्यालीमा सहभागी हुनेहरूमध्येबाट एक जना भाग्यशाली सहभागीलाई गोलाप्रथा (लक्की ड्र) मार्फत आकर्षक साइकल तथा अन्य विभिन्न उपहारहरू समेत प्रदान गरिने बैंकले जनाएको छ । बैंकले यसअघि पनि पहिलो, दोस्रो र तेस्रो संस्करणको साइकल र्याली सफलतापूर्वक सम्पन्न गरिसकेको छ । वातावरणप्रति चासो राख्ने र साइकलमैत्री सहरको परिकल्पना गर्ने सबै आम नागरिकबाट यसपटक पनि उत्तिकै सहयोगको अपेक्षा गरिएको बैंकले उल्लेख गरेको छ । हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा संस्थागत सुशासन र उत्कृष्ट अभ्यासलाई पालना गर्दै सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































