
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ। बैंकले यस अवधिमा १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.०५ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले दोस्रो त्रैमाससम्म २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेको छ भने खराब कर्जा बढ्दै गएपछि कर्जा नोक्सानी प्रावधानमा राखिएको रकम १ अर्ब ७७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ। प्रावधान खर्च बढ्नु नै नाफा घट्नुको प्रमुख कारण देखिएको छ।
यसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानी ९ईपीएस० मा देखिएको छ, जुन घटेर ९ रुपैयाँ ४५ पैसामा सीमित भएको छ। वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँ ऋणात्मक रहेकाले बैंकको लाभांश वितरण क्षमता कमजोर बनेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ७.९० प्रतिशत पुगेको छ, जुन चुनौतीपूर्ण स्तर मानिन्छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































