जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकले मनाउँदै ‘डिजिटल मन्थ उत्सव’, वैशाखभर विशेष अफर सार्वजनिक

सिटिजन्स बैंकले मनाउँदै ‘डिजिटल मन्थ उत्सव’, वैशाखभर विशेष अफर सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्य रूपमा मनाउने भएको छ । बैंकले ‘१९औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३’ अन्तर्गत वैशाख महिनाभर विविध कार्यक्रम तथा छुट योजना सञ्चालन गर्ने जनाएको छ ।

बैंकका अनुसार उक्त अवधिभर ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिनेछ । निष्क्रिय डेबिट कार्डलाई पीओएस वा ई–कमर्स कारोबारमार्फत सक्रिय गराउने ग्राहकले कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । साथै, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत ई–कम कार्ड अनुरोध गर्दा एस्योरेन्स शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ ।

त्यस्तै, निष्क्रिय व्यवसायिक क्यूआर भएका ग्राहकले आफ्नो क्यूआर सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । होटल तथा रेस्टुरेन्टमा पीओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट दिइने बैंकले जनाएको छ । मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गर्दा वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

बैंकले पारिवारिक सदस्यको नयाँ खाता रेफर गर्ने ग्राहकलाई प्रति खाता १०० रुपैयाँ क्यासब्याक तथा मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी लिने ग्राहकलाई २०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना पनि ल्याएको छ ।बैंकका अनुसार यी सबै कार्यक्रम वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउनुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । यससँगै सिटिजन्स फोनपे क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरिएको छ ।

‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ । यसैगरी, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याउनुका साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा, तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंक शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा समेत सुरु गरेको बैंकले जनाएको छ ।

225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका