जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • नेपाल प्रहरीलाई पहिलोपटक रासनमा मासु

नेपाल प्रहरीलाई पहिलोपटक रासनमा मासु

नेपाल प्रहरीले पहिलोपटक रासनमा मासु, अण्डा र हाई प्रोटिन भएको बिस्कुट पाउने भएका छन् । नेपाल सरकारले फागुन १ गतेदेखि लागू हुनेगरि प्रहरीको रासनमा मासु, अण्डा र बिस्कुट थप गरेको हो ।

यसो त यसअघि नेपाल प्रहरीले रासनमा मासु, अण्डा र बिस्कुट पाउँदैनथे । तर, सशस्त्र प्रहरी र नेपाली सेनालाई भने रासनमा मासु, अण्डा र बिस्कुट दिइँदै आएको थियो । यही कारण सरकारले सुरक्षाकर्मीको रासनमै विभेद गरेको भन्दै गुनासो आउने गरेको थियो । तर, अब भने नेपाल प्रहरीले पनि रासनमा यी तीन वस्तु पाउने भएका छन् ।

मासु, अण्डा र बिस्कुट थप गरेसँगै नेपाल प्रहरीले अब रासनमा १९ प्रकारका सामान पाउने भएका छन् । अब प्रहरीलाई रासनमा २५ ग्राम मासु, दैनिक एउटा अण्डा र हाई प्रोटिन भएको बिस्कुट दिइनेछ ।

ब्यारेकमा खाना नखाने प्रहरीलाई त्यसबापतको रकम उपलब्ध गराइने भएको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका