जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुल्ला

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुल्ला

नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सकिने भएको छ । आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरेसँगै नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन मिल्ने भएको हो ।

तत्कालिन अध्यक्ष शरद ओझालाई सरकारले छानबिन समिति बनाएर नक्कली अनुभव लगायतका कागजात पेश गरी अध्यक्ष नियुक्ति लिएको भेटिएपछि पदमुक्त गरेको थियो । सो पश्चात सरकारले गत भदौ १४ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र नयाँ अध्यक्षको लागि दरखास्त आह्वान गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ नौ गते बसेको बैठकले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल रहेको अध्यक्ष छनौट समिति गठन गरेको थियो ।

नेपाल सरकारको सूचना पश्चात बीमा प्राधिकरणको अध्यक्ष पदको लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । अर्थमन्त्रालयका अनुसार बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिनेमा घनश्याम बुधाथोकी (ललितपुर), चिरन्जीवी पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णुबाबु मिश्र (काठमाडौं), बुद्दराज श्रेष्ठ (काठमाडौं), डा. दामोदर बसौला (कास्की), चित्तनाथ शिवाकोटी (काठमाडौं), ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार कन्कल (मोरङ), प्रा.डा. दिपकबहादुर भण्डारी (लम्जुङ), खगेन्द्र पौडेल (काठमाडौं), यज्ञप्रसाद न्यौपाने (दाङ), रमेशकुमार भट्टराई (काठमाडौं) र महेन्द्र न्यौपाने (भक्तपुर) रहेका छन् ।

नयाँ नियुक्ति प्रक्रिया अघि बढिरहेको अवस्थामा तत्कालिन अध्यक्ष शरद ओझालाई काम गर्न दिनु भनी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएका कारण उक्त नियुक्ति प्रक्रिया रोकीएको थियो ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका