जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो ।

उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ ।

इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइमा उपस्थित हुने क्रममा अदालतकाे गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले जनाएको रोयटर्सले लेखेको छ ।

खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए ।

गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए ।

खान २ वटा मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए । हालै इमरानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिरावादमा उनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका थिए । उक्त भिडिओ सार्वजनिक गरेको ४ घण्टा पस्स्चात उनलाई पक्राउ गरिएको हो ।

अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई पक्राउ गरिएको रिपोर्टमा उल्लेख छ । यो एक विश्वविध्यालयसँग सम्बन्धित मुद्दा हो ।

इमरानले प्रधानमन्त्री हुँदा गैरकानूनी रूपमा यस विश्वविद्यालयलाई करोडौं मूल्यको जग्गा दिएको आरोप छ । अल कादिर विश्वविध्यालयमा इमरान खान र उनकी श्रीमती मात्र ट्रस्टी रहेका छन् ।

यो प्रकरण पाकिस्तानका सबै भन्दा धनाड्य व्यक्ति मलिक रियाजले सार्वजनिक गरेका थिए । उनले इमरान र उनकी श्रीमतीले पक्राउको डर देखाएर अर्बौं रुपैयाँको जग्गा आफ्नो नाममा लिएको आरोप लगाएका थिए ।

पछि रियाज र उनकी छोरीबीचको कुराकानीको अडियो समेत लिक भएको थियो । जसमा रियाजकी छोरीले इमरानकी श्रीमती बुशरा बीबीले लगातार पाँच क्यारेटको हीराको औंठी मागेको बताएकी छिन ।

पाकिस्तानी संचार माध्यमहरुका अनुसार इमरानको पार्टी पीटीआईले गिरफ्तारीको पुष्टि गरेको छ भने पार्टीका नेता मुसररत चीमाले एक भिडिओ सन्देश जारी गर्दै इमरानलाई यातना दिईएको बताएका छन् ।

2440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका