
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शनिबार कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ। स्थानीय हरियाली अभिवृद्धि, जैविक विविधता संरक्षण र दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा स्थानीय समुदाय गरी करिब ३५० जनाको सहभागिता रहेको थियो। कार्यक्रम अवधिभर फलफूल, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका करिब ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ।
वृक्षारोपण कार्यक्रमको सुरुवात बैंकका सीईओ एवं हेड अफ कभरेज गोरख राणा र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गर्नुभएको थियो। सो अवसरमा सीईओ राणाले हरित भविष्यका लागि स्वयंसेवामा सक्रिय सहभागी भएका कर्मचारीहरूलाई धन्यवाद दिँदै बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको जानकारी गराउनुभयो। उहाँले यी वर्षहरूमा बैंकका कर्मचारीहरूले ललितपुर र कीर्तिपुर क्षेत्र समेट्दै करिब ४० हजार बिरुवा रोप्न सहयोग गरिसकेको उल्लेख गर्दै हरेक रुख भविष्यका पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो। वार्षिक रूपमा आयोजना हुने यस कार्यक्रमले बैंकको वातावरण संरक्षणप्रतिको संस्थागत उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































