जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नयाँ जीवन बीमा कम्पनी मध्येकै आक्रामक यूनियन लाइफ

नयाँ जीवन बीमा कम्पनी मध्येकै आक्रामक यूनियन लाइफ

नयाँ जीवन बीमा कम्पनी भए पनि छोटो समयमै आक्रमक रुपमा व्यापार गर्न सफल यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड पश्चात पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य ११५ रुपैयाँ १३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १४८ दशमलव ४६ को आधारमा रेञ्ज (१४८.४६ देखि ४४५.३८ ) तय हुने थियो तर आर्थिक वर्ष ७६/७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ।

असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन् । कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ ।

सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ८० हजार ५ सयले १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ

4170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका