जोडिनुहोस
शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • एनएमबि बैंकको अनलाइन फर्म नागरिक एपबाटै भर्न सकिने

एनएमबि बैंकको अनलाइन फर्म नागरिक एपबाटै भर्न सकिने

डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउन एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग नागरिक एप इन्टिग्रेसनका लागि सम्झौता गरेको छ।

यस सहकार्यपछि एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत सजिलै अनलाइन बैंकिङ्ग फर्महरू भर्न सक्नेछन्। यसले गर्दा ग्राहकलाई आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनुपर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकिङ्ग प्रक्रिया छिटो र सरल हुनेछ।

ग्राहकको डाटा सुरक्षालाई पूर्ण ध्यानमा राख्दै, ग्राहक आफैँले नागरिक एपबाट अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन। साथै, प्राप्त जानकारी पनि तोकिएको प्रयोजनका लागि मात्र प्रयोग हुने बैंकले जनाएको छ। देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारको प्रयोग गर्दै बैंकिङ्ग सेवालाई अझ सुरक्षित र झन्झटमुक्त बनाउने बैंकको प्रयासमा यसलाई एउटा ठूलो कदम मानिएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्