
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले ललितपुरको झम्सिखेलस्थित नियो भर्स (नेओटेरिक नेपाल)मा छुट पाउने भएका छन्। बैंकले यस सम्बन्धमा नियो भर्ससँग समझदारी भएको जनाएको छ। समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामानहरूमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरू संचालन गर्दै आएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































