जोडिनुहोस
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
  • होमपेज
  • एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असिमित कुराकानीको मजा लिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (कर सहित ६४ पैसा) प्रति मिनेटका दरले कुरा गर्न सक्नेछन् ।

यो भ्यालेनटाइन अफर यहि शुक्रबार (माघ १८) बाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिना भर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् ।

यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ ।

ग्राहकले एस्ट्रिक्स् १७१०६एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् ।

भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्द गर्ने विश्वास एनसेलले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका