जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाइफको विएम क्लब मेम्बर सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

एशियन लाइफको विएम क्लब मेम्बर सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले आर्थिक वर्ष २०८०÷०८१ का उत्कृष्ट विएम क्लब मेम्बरहरूलाई सम्मान गर्दै अभिकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न गरेको छ।कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभाध्यक्षता र कर्णाली प्रदेश क्षेत्रीय प्रमुख वीर बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित यस कार्यक्रममा बीमा व्यवसायमा लामो अनुभव बटुलेका वरिष्ठ व्यवसाय प्रबन्धकहरू धन बहादुर बटाला, जल बहादुर शाही र दीपराज खड्काले विशेष आतिथ्य ग्रहण गरेका थिए। कार्यक्रममा अभिकर्ता ठम्म प्रसाद आचार्य, प्रिमा कुमारी वि.क., सन्तोष भण्डारी, लक्ष्मण अधिकारी, भगिराम अधिकारी, मदन रोकाया, मदनराज संज्याल, शेर बहादुर रामजाली मगर लगायतका ५० जना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा कम्पनीको विकास यात्रा, विएम क्लब सदस्यहरूलाई प्रदान गरिने विशेष सुविधाहरू र नयाँ बीमा योजनाबारे अभिकर्ताहरूलाई जानकारी गराइएको थियो। कर्णाली प्रदेश क्षेत्रीय प्रमुख वीर बहादुर भण्डारीले अभिकर्ताहरूलाई प्रेरणा र तालिम प्रदान गर्दै बीमा व्यवसायको चुनौती र अवसरहरूमा छलफल गरे।खाँडाचक्र नगरपालिकाको मदन होटेलमा सम्पन्न यस कार्यक्रम बिहान १२ बजे सुरु भई साँझ सवा ५ बजेसम्म चलेको थियो। कार्यक्रममा सहभागी सबैलाई बधाई र धन्यवाद व्यक्त गर्दै सभाध्यक्ष जन्मदेव बरालले कार्यक्रमको समापन गरेका थिए।

2565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका