जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बालेन नेतृत्वमा सरकार बन्न अझै १० दिन जति लाग्न सक्छ : रास्वपा प्रवक्ता झा

बालेन नेतृत्वमा सरकार बन्न अझै १० दिन जति लाग्न सक्छ : रास्वपा प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार बनाउन अझै १० दिन लाग्न सक्ने जनाएको छ। रास्वपाका प्रवक्ता मनिष झाले संवैधानिक प्रक्रियाहरू पूरा गर्दा समय लाग्ने भएको बताएका हुन्।

रास्वपाले आइतबार समानुपातिक सूची फाइनल गर्दैछ। ‘समानुपातिक सांसद फाइनल, संवैधानिक प्रक्रियाहरू अझै बाँकी नै छ। यसका लागि अझै १० दिन लाग्न सक्छ। संसद् सचिवालयले आफ्नै तयारी गर्नुपर्छ,’ प्रवक्ता झाले भने, ‘यसै यकिन गर्न सकिँदैन। अन्दाजी १० दिन जति लाग्ला।’

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै एकल बहुमत ल्याएको छ।

520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?