जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले ल्यायो निक्षेप रकम दोब्बर हुने योजना

सिटिजन्स बैंकले ल्यायो निक्षेप रकम दोब्बर हुने योजना

सिटिजन्स बैंक ईन्टरनेसनले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको सार्वजनिक गरेको  छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ वर्ष ६ महिना(९० महिना)पछि  साँवा र व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुने  बैंकले जनाएको  छ ।

बैंकले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढि ग्राहवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम  झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलव्ध गराउँदै आएको छ ।

10605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?