जोडिनुहोस
आइतवार, साउन १०, २०८३
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरेको छ ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल) बाट बैंकिङ्ग करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् ।

उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सात वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एमबीए हासिल गरेका उनले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ सम्बन्धि प्रशिक्षण तथा लेखा परीक्षण अनुभव रहेको छ ।

कम्पनीले उनको नियुक्ति पछि सुशासन तथा बैंकिङ जग थप बलियो बनाउन सहयोग पुग्ने बिश्वास लिएको बताएको छ। कम्पनीले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९वटा एटीएम र ९७ वटाशाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

3990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका