जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा “Sugandha Thalassemia Project” लाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा “Sugandha Thalassemia Project” लाई सहयोग

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बिराटनगर शाखाले “Thalassemia” रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित “Sugandha Thalassemia Project” लाई रु. २,५०,०००÷–(अक्षरुपी ःरु. दुई लाख पचास हजार) रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

श्री आर्दश मा. वि. विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा Biratnagar Platinium Round Table-11 द्वारा आयोजित माननीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री श्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहका बिच बैंकको बिराटनगर शाखाका प्रबन्धक श्री भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

8490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका