जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सोमबार बिहानै बुद्ध एयरका दुई उडानमा समस्या, काठमाडौंमा गराइयो सुरक्षित अवतरण

सोमबार बिहानै बुद्ध एयरका दुई उडानमा समस्या, काठमाडौंमा गराइयो सुरक्षित अवतरण

दशैं नजिकिँदै गर्दा नेपालका स्थापित दुई हवाई कम्पनीहरू बुद्ध एयर र यति एयरबिच प्रतिस्पर्धा सुरु भएको समाचार आइरहेका बेला बुद्ध एयरलाई ठुलो धक्का लाग्ने दुई वटा घटना आज सोमबार बिहानै भएका छन् । काठमाडौंबाट पोखराका लागि सोमबार बिहानको पहिलो उडान भरेको १५ मिनेटमै बुद्ध एयरको विमान बिच आकाशमै रोकियो । त्यसपछि तुरुन्तै सो विमान काठमाडौंमै अवतरण गराइयो ।  

सोमबार बिहान ७ बजे काठमाडौं त्रिवि विमान स्थलबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि प्राविधिक समस्याभन्दै काठमाडौं नै फर्किएको बुद्ध एअरका प्रवक्ता रुपेश जोशीले बताए । उनले भने, ‘काठमाडौंबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि पुन काठमाडौं नै फर्किएको हो तर, आकस्मिक अवतरण चाहिँ होइन ।’  

त्यसको केही समय नबित्दै विराटनगरका लागि उडेको सोही एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न सकेन । त्यसलाई पुनः काठमाडौं नै फर्काइएको छ । उक्त विमानको ल्यान्डिङ गियरमा समस्या आएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको बुद्ध एयरमा प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए । 

उनले भने, ‘विराटनगरमा ल्यान्ड गर्न लाग्दा ल्यान्डिङ गियरको इन्डिकेटरमा समस्या देखियो । त्यहाँको टावरले पनि ल्यान्डिङ गियरमा समस्या रहेको बताएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका छौँ ।’  नेपालमा सबैभन्दा भरपर्दो विमानकारुपमा परिचित बुद्ध एयरको आफ्नै गाइडलाइन छ । जसबारे स्पष्ट पार्दै बस्नेतले भने, ‘हाम्रो पोसिली नै शून्य खतरामा मात्र उडान र अवतरण गर्ने हो । त्यसैले विराटनगर विमानस्थलमा अवतरणको रिस्क लिएनौँ ।’  

उनले पोखराका लागि उडेको विमानमा भित्र धुवाँ देखिएको पाइलटले बताएपछि त्यसलाई पनि तुरुन्तै काठमाडौं नै फर्काएर अवतरण गरिएको बताए ।

4775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका