जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • झन्–झन् सहज बन्दै इ–सेवा : उपभोक्तालाई फाइदै फाइदा

झन्–झन् सहज बन्दै इ–सेवा : उपभोक्तालाई फाइदै फाइदा

नेपालमा खल्तीभरि सिक्का नोटबाट शुरु भएको आर्थिक कारोबार अहिले विज्ञान र प्रविधिको युगसँगै क्यासलेससम्म आइपुगेको छ । विज्ञान र प्रविधिको प्रतिस्पर्धात्मक यो २१ औं शताब्दीसम्म आइपुग्दा नेपालमा डिजिटल तथा अनलाइन पेमेन्ट शुरु भएका छन् । त्यहिमध्यको एक हो नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा । जुन पछिल्लो समय झन्–झन् सहज बन्दै गएको छ ।

यसैबीच इ सेवा प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत पनि सहजै रकम झिक्न सक्ने भएका छन् । इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो । इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाईलमा आउने ओटिपीमार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् ।

यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटिएम मार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात गरिएको हो ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भन्नुहुन्छ,‘इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उदेश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेका हौँ । हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ । तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिएपनि प्रयोगकर्तालाई सहज होस् भन्ने उदेश्यले हामीले यो सेवाको सुरूवात गरेका हौँ । हामी नेपाल सरकार र नेपाल राष्ट्रबैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ र लागि नै रहनेछौँ । जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिवद्ध छौँँ ।’

इसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमकाबीच कम्पनीले घर हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रम इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्‍न भएको थियो ।

इसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा ड्राइभरका कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । यस अभियान प्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु ।

इसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो ।

सिंगापुरको लुलु मनीबाट पनि रेमिट्यान्स सेवा

इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि शुरु भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसाथ गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको छ।

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गर्नुभएको थियो। इसेवा मनि ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

यो सम्झौतासँग विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।

लुलु मनी बाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।

कोमाकी स्कुटर जित्ने अफर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याइएको छ । यस अभियानमा सहभागि हुन एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्नेछ । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

क्यासब्याक आफूले रिचार्ज २४ घण्टा भित्र इसेवा वालेटमा जम्मा हुनेछ । कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो, जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३००० वाट मोटरको जडान गरिएको छ । यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन् । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुनेछ ।

एक करोड सम्मको घरबीमा इसेवाबाटै गर्न सकिने

इसेवाले USAID, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुनेछ । साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिनेछ ।

यस योजना इसेवाको मोबाईल एप भित्र रहको इन्स्योरेन्स् शिर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोड सम्मको बिमा हुने यस योजनामा वार्षिक रू ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ ।

बीमा मुल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ । यस योजनामा सहभागि हुन घर धनीले घरको तस्विर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ ।

इसेवाले ल्यायो ‘एक मा चार’ अफर

इसेवाले ‘एक मा चार’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत दैनिक एक रुपैयाँ भन्दा कममै आफूसहित अन्य चार जना आफन्तको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने इसेवाले बताएको छ । यस अफरमा आफन्त र साथीभाइलाई समेत समावेश गर्न सकिनेछ ।

यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक एक रुपैयाँ भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरी आफूसहित आफ्नो आफन्तलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ ।

इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाइलाई स्वास्थ्य तथा आइपर्ने भवितव्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस्तो सुविधा ल्याएको जनाएको छ । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स्मा गई इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफू, आफ्नो परिवार तथा साथीभाइलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ ।

यस्तै यस प्याकेजमा एक लाख भन्दा बढीको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।

यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा ५ सय रूपैयाँ छुट, फुल बडी चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ ।

‘इसेवाले ल्याएको सेवा हेर्दा दंग छु’

काठमाडौैं नयाँ बानेश्वर बस्दै आएका भेषबहादुर नेपाली इ सेवाले ल्याएका योजनाहरु हेर्दा दंग छन् । उनी लामो समयदेखि इ सेवाबाटै रिचार्जदेखि, इन्टेरनेश, विद्युतको विल भुक्तानी गर्दै आएका छन् । त्यतिमात्र होइन् उनले लोक सेवा लगायतका रोजगारीमा आवेदन दिँदा पनि इ सेवाबाटै पैसा भुक्तानी गर्दै आएका छन् । उनी भन्छन्, ‘धेरै भयो इ सेवा प्रयोग गर्न थालेको । इ सेवाले सार्वजनिक गरेका सेवा देख्दा राम्रो लाग्छ । इ सेवाले ग्राहक लक्षित नयाँ नयाँ योजना ल्याइ रहेको छ । जसले यसमा सेवाग्राही थप आकर्षित भएका छन् ।

बढ्दो प्रयोगकर्ता

इ–सेवाले आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ । जसले गर्दा दिनप्रतिदिन इ–सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्या बढ्न थालेको छ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योेरेन्स्को प्रिमियम भुक्तानी, स्कुल कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइजहाजको टिकट, बस टिकट, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाहरूको शुल्क भुक्तानी लगायतका करिब तीन हजार मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ । जसले गर्दा आज यसप्रति सेवाग्राही दिनप्रतिदिन बढ्दै गएका छन् ।

 

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका