जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पैसा दिनेलाई विदेश भ्रमण, कमिशन र रात्रीभोज

पैसा दिनेलाई विदेश भ्रमण, कमिशन र रात्रीभोज

भूपेन्द्र आचार्य । नेपालीका २८ वाणिज्य बैंकहरुमा अहिले चर्को तरलता अभाव छ । साच्चै भन्ने हो भने २८ वाणिज्य बैंकहरुसंग सहजरुपमा लगानी गर्ने पैसा नै छैन । तर अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंकहरुको सहमतीमा ब्याजदर कायम गरिएको छ ।

केही बैंकहरुले संस्थाको डिपोजिट खोसाखोस गर्न ब्याज बढाएपछि अर्को सहमती भयो । त्यो हो नवीकरण गर्ने निक्षेपमा संम्बन्धीत बैंकले ०.१ प्रतिशत बढाएर ८.६ प्रतिशत सम्म ब्याज दिन पाउने भएका छन् ।

गत साता सनराईज बैंक, एनसीसी बैंक, सेन्चुरी बैंकले ब्याजदर बढाएपछि गत आइतबार नेपाल बैंकर्स संघ (एनबीए)को बैठकमा चर्को बहस भएको संघका एक सदस्यले राजतिलक साप्ताहिकसंग टेलिफोनमा बताए । उनी थपेः– दुवै बैंकर बीच घम्साघम्सी भयो । सनराईज बैंक लिमिटेडका सीइओ रत्नराज्य बज्रचार्यले मुख खोलेर भनेः– हामी बैंकर बीच डिपोजीट खोसाखोस भयो ।

यसका लागि कमिशन दिनेदेखि विदेश सयर गराउने र रात्रीकालिन भोज दिने काम भएको छ । यो बिकृती रोक्न हामी अगाडी बढ्नु पर्दछ । नत्र बैकिङ क्षेत्र बदनाम मात्रै हुँदैन बैकिङ पनि खराब हुन्छ । उनीले यति भनिरहँदा एनबीएका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना चुपचाप बसीरहे केही प्रतिक्रिया दिएनन् । तर हिमालयन बैंकका सीइओ अशोक सम्शेर राणाले सनराइज बैंकका सीइओ रत्नराज्य बज्राचार्यको प्रतिवाद गर्दै भनेः– सहमती गरेपछि त्यसलाई पालना गर्ने दायित्व सबै बैंकरको हो कि होइन ? अनेक तर्क वितर्क गरेर सहमती तोड्ने अधिकार कसैलाई पनि छैन ।

एक सहभागी सदस्यले भने चर्को तरलता अभाव भएर (सीसीडी) रेसियो मेन्टेन नगरेको प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले सनराईज बैंकका सीइओको समर्थन जनाउँदै भनेः– नविकरण गर्ने बेलामा केही बैंकले ठूला संस्थाको ठूलो डिपोजिट विभिन्न प्रलोभन देखाई खोस्ने परम्परा बढेको छ । यो अब अन्त्य हुनुपर्दछ । यही बिचमा केही समय चर्का चर्की भएको ती सदस्यले राजतिलक साप्ताहिकसँग बताए ।

तीन वटा सेन्चुरी बैंक, सनराईज बैंक र एनसीसी बैंकलाई कारवाही गर्ने बताएका एनबीएका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अर्को सहमती गरी चमत्कार नै गरेको ती सदस्यले बताए ।

एनसीसी बैंकले ब्याज बढाएर नेपाल टेलिकमको ७५ करोड पैसा लैजान लागेको तर्क सनराईज बैंकका सीइओ बज्राचार्यले बताएपछि पूर्व एनबीएका अध्यक्ष अशोक राणाले चर्को स्वरमा भनेः– सहमती गर्दै जाने अनि तोड्दै जाने प्रवृत्तिले वातावरण विगार्ने गर्दछ । यो अब बन्द हुनुपर्दछ ।

अधिकाशं बैंकहरुका सीइओहरुले खोसाखोस बन्द गर्नुपर्ने धारण राखेपनि बैंक पुग्ने वित्तिकै डिपोजिट खोसाखोस कै योजना बनाउने गरेको देखिन्छ । यतिसम्म कि सुन्दै अच्चम लाग्ने देख्दा घिन लाग्ने ठूलो डिपोजिट दिने नेपाल टेलिकम, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाली सेनाका प्रमुख भनौ वा हर्ताकर्ताहरुलाई डिपोजिट दिए वापत विदेश सयर गराउने, कमिशन दिने र मस्तीरुपमा सुन्दरीका साथ रात्रीभोज दिने बैंकहरुले गर्दै आएको खुलेको छ ।
ढिलो चाडै भए पनि सनराइज बैंकका सीइओ एवं पूराना बैंकर रत्नराज्य बज्राचार्यले सत्य कुरा बाहिर ल्याएका छन् । उनलाई धन्यवाद दिनै पर्दछ ।

अर्को महत्वपूर्ण कुरा सीइओ बज्राचार्यले भने ती सदस्यले राजतिलक साप्ताहिकसंग भने व्याजदर समान हुँदा पनि कर्पोरेट निक्षेप निश्चित पुराना बैंकहरुमा मात्रै गइरहेको छ । यसमा (माल प्रयक्टिस) भएको छ । उनीकै भनाईबाट प्रस्ट हुन्छ की केही चर्को तरलता भएका पछि स्थापना भएका, विवादमा आएर बचेका केही बैंकहरुले संस्थाको डिपोजिट दिने संस्थाका प्रमुख, हर्ताकर्ता वा एजेण्टहरुलाई विदेश सयर गराउने रात्रीकालीन सुन्दरीका साथ भोजन दिने र १ देखि ५ प्रतिशत सम्म कमिशन दिने काम भइरहेको छ । यो कस्तो बैकिङनम्स हो गर्भनर साब ?

जे भए पनि बैकिङ नम्सलाई विगार्ने प्रवृत्ती अहिलेका सीइओहरुबाटै बढेको देखिन्छ । पैसा खोसाखोसको नाममा सुन्दरी सहितको भोज, विदेश सयर र कमिशन बन्द हुनुपर्छ । यसमा राष्ट्र बैंकले समयमै चनाखो भई यस्ता बैंकर (सीइओ) माथी कारवाही गर्नु पर्दछ । नत्र बैंकिङ्ग प्राणलीमा कालो धब्बा लाग्ने देखिन्छ । सचेत भया । राजतिलक साप्ताहिक

7725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?