जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डूको २६औं साधारणसभा मंसिर १५ मा, कात्तिक २६ सम्म कायम सेयरधनीले लाभांश पाउने

बैंक अफ काठमाण्डूको २६औं साधारणसभा मंसिर १५ मा, कात्तिक २६ सम्म कायम सेयरधनीले लाभांश पाउने

बैंक अफ काठमाण्डूले २६ औं वार्षिक साधारणसभा मंसिर १५ मा बोलाएको छ । बैंकले भिडियो कन्फ्रेन्स (जुम) मार्फत सभामा भाग लिन सेयरधनीहरुलाई अनुरोध गरेको छ । बैकको आज कात्तिक २० मा बसेको संचालक समिति बैठकले साधारणसभाको मिति तय गरेको जनाएको छ ।

बैंकले चुक्ता पुँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस सेयर र करसहित ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको आगामी सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुले पाउनेछन् । बैंकले लाभांश वितरण गर्न र साधारण सभा प्रयोजनका लागि कात्तिक २८ देखि मंसिर १५  सम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार कात्तिक २७ सम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख रहेको छ । प्रस्तावित १३ प्रतिशत बोनस सेयर वितरण भएमा बैंकको पुँजी ९ अर्ब १७ करोड ४३ लाख पुग्नेछ ।

6160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका