जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको खुद नाफा रु. २२.८७ करोड

मुक्तिनाथ विकास बैंकको खुद नाफा रु. २२.८७ करोड

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५.२३ प्रतिशत खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ११ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा ३२ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले ५२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ४६ करोड ६७ लाख रुपैयाँ थियो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा ४४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा ४१ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार भने १२.८९ प्रतिशतले बढाएको छ । गत वर्ष ६७ करोड ९१ लाख रुपैयाँ रहेको रिभर्जमा यो वर्षको पहिलो त्रैमासमा बढेर ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २९.८६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १०.३८ रहेको छ ।

13130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका