जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकमा फेरि फर्किए उदयकृष्ण उपाध्याय

नबिल बैंकमा फेरि फर्किए उदयकृष्ण उपाध्याय

नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन्। दुई वर्षअघि पनि उनी नबिलको सञ्चालक थिए।

त्यहाँ केही समयपछि छाडेका थिए। उनी युनाइटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष थिए।

उदय बैंकिङ क्षेत्रमा परिचित नाम हो। उनी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। कुमारी बैंक छाडेको केही समयमा उनी बीमा क्षेत्रमा गएका थिए।

नबिल बैंकले निजी क्षेत्रबाट प्रवर्द्धित पुरानो बैंक हो। नबिल नेपालको पहिलो विदेशी संयुक्त लगानीको बैंकसमेत हो। उपाध्याय संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक भएका हुन्।

नबिलको सञ्चालक समितिमा उदयसँगै तीन जना पूर्व बैंकर हुने छन्।

5915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका