जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • वित्तीय संस्था संघको एनएफआरएस तालिम सुरु

वित्तीय संस्था संघको एनएफआरएस तालिम सुरु

नेपाल वित्तीय संस्था संघको आयोजनामा दुई दिने नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धीमा तालिम आजबाट सुरुआत भएको छ।

वित्तीय संस्थामा कार्यरत विभागीय प्रमुखहरुलाई उक्त प्रतिवेदन मानका सम्बन्धमा विस्तृत रुपमा सुसूचित गराउने एवं २ वर्षपछि वित्तीय प्रतिवेदन मान लागू गर्न आवश्यक तयारी स्वरुप तालिम सञ्चालन गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहआयोजक एसएआर एडभाइजर्सका सञ्चालक रमेशकुमार धितालले नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रतिवेदन मान लागु गर्न आवश्यक पूर्वाधार विकासको लागि सहजीकरण गर्न एवं क्रमिक रुपमा लागू गर्ने गरी तालिका लागू गर्नसमेत अनुरोध गरे।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशन विश्रुत थापाले राष्ट्र बैंकले समेत वित्तीय प्रतिवेदन मान ९ लागू गर्ने सन्दर्भमा आवश्यक तयारी गरिरहेको जानकारी गराए।

कार्यक्रममा विभिन्न फाइनान्स कम्पनीबाट वित्त, कर्जा, जोखिम, आन्तरिक लेखापरीषण, सञ्चालन लगायतका विभागका विभागीय प्रमुख तथा कार्यतर ४५ जना भन्दा बढी सहभागीको सहभागिता रहेको छ। उद्घाटनसत्रमा विभिन्न फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागिता थियो।

कार्यक्रममा स्रोतव्यक्तिका रुपमा इवाई श्रीलंकाका विज्ञ राजिथ परेरा रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?