जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता शेयर सुचिकृत

सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सिटिजन्सको १ करोड ८४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेपछिको तिनाउ मिसन तर्फको  १ करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता शेयर सुचिकृत भएको हो ।

थप शेयर सुचिकृत भएसंगै सिटिजन्स बैंकको सुचिकृत शेयर संख्या ११ करोड ६६ लाख २० हजार ४ सय ९ पुगेको छ । बैंकको यस अघि नै ९ करोड ८१ लाख ७० हजार २७ कित्ता शेयर सुचिकृत थियो ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउने गरि सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गरेको हो।

सिटिजन्स बैंकले साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरधनीहरुलाई कर वापतको रकम तिर्न पनि आग्रह गरेको छ ।  बैंकले साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर वापत लाग्ने कर शेयरधनी स्वयंले तिर्नु पर्ने भएकोले तिर्नको लागि आग्रह गरेको हो ।

बैंकले आर्थिक वर्ष ७५/७६ र ७६/७७ को बोनसको कर तिर्न बाँकि रहेका लगानीकर्तालाई कर आग्रह गरेको हो ।  कर वापतको रकम जम्मा गरेपछि मात्र शेयर डिम्याट खातामा जम्मा हुने बैंकले जनाएको छ ।

बैंकले तिर्नु पर्ने कर विवरण सीबिआईएल क्यापिटलको वेबसाइटमा राखिएकोले त्यहाँबाट हेर्न सकिने जनाएको छ ।  थप जानकारीको लागि पनि क्यापिटल मै सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

7120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?