नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भोल अषाढ ८ गते, मंगलबार बिक्री गर्ने भएको हो ।
सरकारलाई आवश्यक रकम जुटाउनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको हो । मंगलबार निष्काशन हुने विकास ऋणपत्र २०८४ ’च’ को अवधि ६ वर्ष रहेको छ । ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा बोलकबोल प्रक्रियाबाट आवेदन दिनुपर्नेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ
इच्छुक लगानीकर्ताले असार ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा ५० हजार हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र अषाढ ९ गते निष्काशन हुनेछ भने २०८४ अषाढ ९ गते गते साँवा भुक्तानी हुनेछ ।