जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

प्रभु बैंकल मेशिनबाट खाताबाट पैसा जम्मा गर्न सक्ने सेवा सुरु गरेको छ ।

 

प्रभु बैंकले ग्राहक महानुभावहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिनबाट पैसा जम्मा गर्न सकिने सेवा सुरु गरेको हो ।

शुक्रबारदेखि सेवाको औपचारिक रुपमा संचालनमा ल्याइएको छ ।

बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।

मेशिन बाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ ।

साथै, उक्त मेशिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंकबाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्स (सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहक महानुभावहरुको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

6020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका