जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • भदौ १८ गतेदेखि लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

भदौ १८ गतेदेखि लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

 सनराइज बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर भदौ १८ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज १ गते अपरान्ह्र १स्३० बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य ४२१ दशमलव ६३ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र असोज ४ गते बिहान ११ बजे सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जनाएको छ ।

4015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका