जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२

राजस्व सचिवमा पुष्कर

सरकारले राजस्व सचिवमा कृष्णहरि पुष्कर कर्णलाई ल्याएको छ। उमेरहदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि राजस्व सचिव खाली थियो।२०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर केही महिना अघि मात्रै सचिव भएका थिए। शुक्रबारको मन्त्रिपरिषद् बैठकले पुष्करलाई राजस्व सचिवमा ल्याएको हो।

उनीसँग राजस्व प्रशासनमा प्रत्यक्ष बसेर काम गरेको अनुभव छैन्। तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको पुष्करसँग अनुभव छ। प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारेमा जानकार छन्।

पुष्कर श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्। यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अतिरिक्त सचिव थिए।

6525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका