जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आईएमई लाइफको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

आईएमई लाइफको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम दिएको छ । कम्पनीले लुम्बीनी, कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम मिति पौष ७ देखि ९ गते सम्म सुर्खेतमा प्रदान गरि सम्पन्न गरेको हो ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाईन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, बित्तिय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाँय आदि विषयमा अन्डरराईटिङ्ग प्रमुख सुदिप राणा बाट विस्तृत जानकारी दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुँयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बीनी र कर्णली प्रदेशका प्रमुख प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाघन बिभाग प्रमुख मनोज चौधरी समेत उक्त तालिममा सहभागीता थियो ।

6260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका