जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकले नक्सालमा तरकारी किनेर क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने

सानिमा बैंकका ग्राहकले नक्सालमा तरकारी किनेर क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । अब बैंकका ग्राहकले नक्सालको तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्ने भएको हुन् ।   

यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग  क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम पाँच सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ । ग्राहकहरुले उबिथकतयचभरबउउकतयचभ बाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् । 

5820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका