जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रस्ताव

सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रस्ताव

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ ।

कम्पनीले आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

साधारण सभाको प्रस्तावमा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

7625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका