जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकद्धारा मुद्रास्फीति मापन उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली परिवर्तन

राष्ट्र बैंकद्धारा मुद्रास्फीति मापन उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली परिवर्तन

नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्कको गणना प्रणाली र आधारभूत ढाँचालाई परिवर्तन गरेको छ । यसमा परिमार्जन गर्दै केन्द्रीय बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको सङ्कलन सम्बन्धी अध्ययन प्रतिवेदन नयाँ ढाँचामा लैजाने भएको हो । जस अनुसार राष्ट्र बैंकले हरेक महिना जारी गर्ने उपभोक्ता मूल्यको तथ्याङ्क नयाँ संशोधित आधार वर्ष २०२३/ २४ अर्थात आर्थिक वर्ष २०८० /८१ कायम गर्ने छ ।

यस अघि राष्ट्र बैंकले २०१४/१५ अर्थात ९२०७१/७२० लाई आधार वर्षका रूपमा लिइँदै आएको थियो । अब भने आर्थिक वर्ष २०८०/८१लाई आधार मानेर उपभोक्ता मूल्य मापन हुने छ । यसैगरी राष्ट्र बैंकले प्रादेशिक स्तरमा उपभोक्ता मूल्य सूचकाङ्कलाई ग्रामीण र सहरी क्षेत्र अनुसार वर्गीकरण गरेर प्रकाशन गर्ने भएको छ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका