जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर

बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर

नेपालका साना तथा मझौला उद्यमहरू(SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ्ग एपले, यस मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ ।

आफ्ना सन्तानहरूको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि स-साना खुसीहरूको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने यस शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने पुनीत मनसायले उक्त अफर ल्याएको हो। 

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्त्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीहरूले बिजबजार मार्फत आफूले चाहेको ठेगानामा डेलिभरी समेत गराउन सक्नेछन् साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत पाउने छन् ।

5265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका