जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्राइम बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, ५ बर्षे ऋणपत्रको ब्याज १०.१५ प्रतिशत

प्राइम बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, ५ बर्षे ऋणपत्रको ब्याज १०.१५ प्रतिशत

प्राइम कमर्सियल बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार ऋणपत्र जारी गर्न लागेको हो। २०७९ असारसम्म प्राथमिक पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्नु पर्ने नियामकीय ब्यवस्था छ।

प्राइम बैंक बिहीबार ऋणपत्र जारी गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्ड पुगेको छ। बोर्डका अनुसार बैंकले ५ वर्षका लागि ‘प्राइम ऋणपत्र २०८४’ नामक ऋणपत्र जारी गर्न खोजेको हो।  

बोर्डले निस्कासन अनुमति दिएपछि बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निस्कासन गर्ने छ। 

बैंकले ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट ३० कित्ता बिक्री गर्ने छ भने सर्वसाधरणका लागि २० लाख कित्ता छुट्याएको छ। ऋणपत्रको वार्षिक ब्याजदर १०.१५ प्रतिशत छ।

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका