जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • वैशाख महिनामा घट्यो सिद्धार्थ इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य

वैशाख महिनामा घट्यो सिद्धार्थ इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य चैतको तुलनामा वैशाखमा घटेको छ । चैत मसान्तसम्म रू. १२ दशमलव ४८ रहेको योजनाको प्रति इकाई खुद मूल्य वैशाख मसान्तसम्म रू. १२ दशमलव २८ मा झरेको हो । १० वर्षे अवधिको बन्दुमुखी प्रकृतिको यस योजनाले १५ करोड इकाई जारी गरेको थियो ।

योजनाले वैशाख मसान्तसम्म बैंक मुद्दती निक्षेपमा रू. ३ करोड लगानी गरेको छ । बैंक मुद्दती निक्षेप सहित योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य रू. १ अर्ब ६७ करोड ९४ लाखभन्दा बढी रहेको छ । यो मूल्य चैत मसान्तसम्म रू. १ अर्ब ७२ करोड ६१ लाखभन्दा बढी थियो । 

चैत मसान्तसम्मको तुलनामा वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य घटेको हो । यस अवधिसम्म योजनाले बैक मुद्दती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. १ अर्ब ६१ करोड २७ लाखभन्दा बढी छ । योजनाले गरेको लगानीको परलमूल्य भन्दा बजार मूल्य भने वैशाख मसान्तसम्म बढी देखिएको छ ।

वैशाख मसान्तसम्म योजना रू. ३० करोड ९४ लाखभन्दा बढी नोक्सानीमा रहको छ । चैत मसान्तसम्म योजना रू. २८ करोड ४ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो । यो महिना योजनाको नोक्सानी रकम बढेको छ । 

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका