जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्छ । आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको बवेबसाइड र मोबाईल एपमा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

2825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका