जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनसीसी बैंकले संस्थापकतर्फको २३ लाख ३४ हजार कित्ता सेयर बेच्दै

एनसीसी बैंकले संस्थापकतर्फको २३ लाख ३४ हजार कित्ता सेयर बेच्दै

एनसीसी बैंकले संस्थापकतर्फको २३ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने भएको हो।
इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

सेयरको न्युनतम मूल्य बैंकले १४२ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम एक हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकले बुधबारदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा असार १५ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।

5100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्