जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा मंगलबजार ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा मंगलबजार ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर १९ असार गते उद्घाटन गरेकोछ ।

ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सन्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा स्थानीय व्याबसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजय कुमार गौतम, बंैकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतकोे उपस्थिती रहेको थियो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय , १५० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्यूआर बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

5675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका