जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, हरेक कारोबार अब डिजिटल माध्यमबाट

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, हरेक कारोबार अब डिजिटल माध्यमबाट

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)मा आवद्ध भएको छ। एनसीएचएलको प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्थाका लागि आवद्ध भएको इन्स्योरेन्सले जनाएको छ। यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइँ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार इन्स्योरेन्सले अब एनसीएचएल-आईपीएस र आरपीएस प्रणालीमार्फत आफ्ना प्रिमियम भुक्तानी लगायत विभिन्न करोबार, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी सोझै आफ्ना तथा लाभग्राहीका बैंक खातामा गर्न सक्नेछ।

2200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका