जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल ल्याउँदै गरेको ७२ लाखभन्दा बढी अवैध पैसा बरामद

नेपाल ल्याउँदै गरेको ७२ लाखभन्दा बढी अवैध पैसा बरामद

भारतबाट नेपाल ल्याउँदै गरेको ७२ लाख ८० हजार रुपैयाँ भारतीय प्रहरीले सुनौलिमा बरामद गरेको छ । सोमबार भारतीय सिमावर्ती क्षेत्र सुनौली चेकपोष्ट दसगजामा प्रहरीको नियमित चेकजाँचको क्रममा उक्त रकम पक्राउ परेको हो । पक्राउ परेको रकम भैरहवाका सुभाष परियारको रहेको भारतीय प्रहरीले जनाएको छ ।

परियारले चलाईरहेको बा १९ च ३३७५ नम्बरको कारमा चालकको सीटमुनी प्लास्टीकभित्र बाँधेर राखेको ७२ लाख ८० हजार रुपैयाँ बरामद भएको हो । परियारले भारतीय ब्यापारीलाई सुन बेचेको र सुन बापतको रकम ल्याउँदै गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न गएको छ । सुनको कारोवारी रहेकाले कानुन विपरित सुन बेचेको तथ्य खुलेको छ । परियारको आफ्नै दाजुभाई नाता पर्ने सोनी सुनचाँदी पसल गल्लामन्डी भैरहवामा केहि वर्ष अगाडी राजस्व अनुसन्धानले छापा मारी ९९ लाख रुपैयाँ बरामद गरेको थियो ।

 नेपालमा आर्थिक मन्दी सुरु भएपछि व्यापारीहरुले नेपाली मुद्रा यतिबेला भारतीय बजारमा लुकीछिपी लगेर राख्न थालिएको यो घटनाले पुष्टि गरेको छ । पछिल्लो समय सिमा क्षेत्रमा स्रोत नखुलेका पैसा धमाधम पक्राउ परिरहेका छन् । यी घटनाले व्यापारीहरुले भारतमा लुकाइ छिपाइ गर्नको लागि लैजाने र आवश्यक पर्दा नेपाल ल्याउने गरेको पाइएको हो । सुनौली नाकाबाट केही दिन अगाडि पनि अवैध रुपमा आएको पैसा पक्राउ परेको थियो ।

4185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका