जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२

बैंकहरुमा बढ्यो निक्षेप

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ। दशैंतिहार नजिकिएसँगै रेमिटेन्स आप्रवाह बढेर निक्षेपमा सुधार देखिएको हो।

यसबाहेक दशैँतिहारका लागि आवश्यक पर्ने सामान आयातको भुक्तानी भइसकेको छ। नयाँ भुक्तानी गर्नु परेको छैन। साथै सरकारले पनि तल्लो तहसम्म पैसा पठाउन थालेको छ। दसैंअघिका विकास निर्माणका भुक्तानी पनि हुन थालेको छ।

राष्ट्र बैंकका अनुसार, सोमबारको तुलनामा मंगलबार निक्षेप ७ अर्बले बढेको छ। निक्षेप बढेकै कारण सेयर बजार पनि उक्लिन थालेको छ। ऋण भने स्थिर छ।

अहिले बाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। ऋण पनि ४१ खर्ब ८२ अर्ब रुपैयाँ छ। पेट्रोलियम ब्यवसायीले अहिले पेट्रोलियम पदार्थ उठाउन छाडेका छन्। यसले गर्दा भुक्तानी गर्नु पर्ने दायित्व घटेको छ। यसले गर्दा पनि निक्षेपमा सुधार देखिएको हो।

बुधबार बैंकहरुले स्थायी तरलता सुविधा बापतको सापटी पनि अन्य दिनको तुलनामा कम प्रयोग गरेका छन्।

2985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका