जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • शेयर संरचना परिवर्तन गर्दै ज्योति लाईफ इन्स्योरेन्स

शेयर संरचना परिवर्तन गर्दै ज्योति लाईफ इन्स्योरेन्स

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीले नियामक निकायको स्वीकृति लिई र २०७९।०४।२४ गते बसेको विशेष साधारण सभाबाट पारित भए बमोजिम कम्पनीको शेयर संरचना परिवर्तन गर्न लागेको हो ।

कम्पनीले कम्पनीको संस्थापक तथा साधारण शेयरको वर्तमान अनुपात ७०:३० मा परिवर्तन गरि संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न लागेको हो ।  कम्पनीका कोहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गर्न ईच्छुक नभएमा सोहि अनुसारको स्वघोषणा गरि  ७ दिन भित्र कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर काठमाण्डौ वा कम्पनीको इमेल ठेगाना [email protected] मा उपलब्धन आग्रह गरेको छ।

तोकिएको समयसीमा भित्र उपरोक्त बमोजिमको स्वघोषणा पत्र संस्थापक शेयरधनीबाट प्राप्त नभएमा संस्थापक शेयरधनीहरुले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न स्वीकति प्रदान गरेको मानिने कम्पनीले जनाएको छ।

4015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका