जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लक्ष्मी बैंक र युएसएडबीच सम्झौता, महामारीपछि प्रतिस्पर्धात्मक व्यापारको विकासमा सघाउ पुग्ने

लक्ष्मी बैंक र युएसएडबीच सम्झौता, महामारीपछि प्रतिस्पर्धात्मक व्यापारको विकासमा सघाउ पुग्ने

लक्ष्मी बैंकले अमेरिकी सहयोगी नियोग (युएसएड) सँग समन्वय गर्ने भएको छ। लक्ष्मी बैंकले युएसएडसँग मिलेर घरेलु, साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै वित्तीय प्रडक्ट र सेवा पहुँचलाई दिगो रुपमा वृद्धि गर्न सम्झौता गरेको जनाएको छ।
मुख्यगरी पर्यटन, कृषि र डिजिटल सेवाको वित्तीय विकास र पहुँच वृद्धिमा काम गरिने बैंकले जनाएको छ। बैंक र युएसएडबीच चार वर्षको सहकार्यलाई सम्झौता भएको हो।

मंगलबार भएको उक्त सम्झौतामा लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह र युएसएडको ट्रेड र कम्पिटेटिभनेस कार्यक्रमको चिफ अफ पार्टी एग्नेस लुजले हस्ताक्षर गरेका छन्।

युएसएड ट्रेड र कम्पिटेटिभनेस पाँच वर्षे क्रियाकलापले कोरोना महामारीले नेपाली अर्थतन्त्रमा पारेको असरलाई समृद्धि तर्फ लैजाने नयाँ मार्गको रुपमा व्याख्या गरिएको छ।

यो कार्यक्रमले नेपाललाई उच्च गुणस्तरको वस्तु निर्यात, दिगो रोजगारी वृद्धि, आम्दानीका अवसरहरु वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

3905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका