जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पिडितहरूलाई आपतकालीन राहतसामाग्रीहरू प्रदान

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पिडितहरूलाई आपतकालीन राहतसामाग्रीहरू प्रदान

सी.जी. होल्डिङ्स अन्तर्गतको CSR Division अरुण चौधरी फाउण्डेशनद्वारा जाजरकोट र रुकुम पश्चिमकाविनाशकारी भूकम्प पिडितहरूलाई आपतकालीन राहत सामाग्रिहरू प्रदान गरेकोछ । जाजरकोट र रुकुम पश्चिम लगायतकाजिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हालत्यहाँको जिवन निकै कष्टकर वन्दै गएका छ । आधारभुत आवश्यक्ता जस्तै खाद्यान्न, औषधि, लत्ताकपडा र आवाशको अभाव हदै गएको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्रीउपलब्ध गराएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई सिधै हस्तान्तरण गरेको थियो ।

स्वस्फुर्त एवं सक्रियप्रयासको रुपमा, सी.जी. । होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पुर्वक एक दिनको तलब उपलव्ध गराई राहतप्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिनसमयमा सामूहिक प्रयासको महत्वलाई जोड दिदै सवैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ ।
यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।

1250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका