जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी रकम नगद लाभांश बाड्न नपाउने

वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी रकम नगद लाभांश बाड्न नपाउने

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार गतवर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांशभन्दा बोनस सेयर दिनुपर्ने भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार जारी गरेको एकीकृत निर्देशिका अनुसार गतवर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी रकम नगद लाभांश बाड्न पाउने छैनन् । यस्तो लाभांश रकम २०७७ सालमा सो संस्थाको निक्षेपको औसत भारित ब्याजदरभन्दा बढी हुन पाउने छैन ।

खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाउने छैनन् ।

8950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका