जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यही बैशाख १ गतेदेखि बैशाख ७ गतेसम्म एक साताका लागि लागू हुने गरी बैंकका विभिन्न क्यासलेस कारोवारमा भारी छुट र क्यासब्याक लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

सो योजनाअन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्फत रु १००० वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा रु २०० सम्म क्यासब्याक दिइनेछ ।

यसैगरी क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुका लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा रु २०० सम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउनेछ ।

यसैगरी, बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ । साथै बैंकका निस्क्रिय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरी कार्ड वा मोबाइल बैंकिङ्गमार्फत रु ५०० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० सम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ ।

यस्ता नगदरहित कारोवारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहक वर्गहरुलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

2865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?