जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलको साधारण सभा आह्‍वान, मर्जरको विशेष प्रस्ताव

प्रभु क्यापिटलको साधारण सभा आह्‍वान, मर्जरको विशेष प्रस्ताव

प्रभु क्यापिटल लिमिटेडले मर्जरमा जाने विशेष प्रस्तावसहित विशेष साधारण सभा आह्‍वान गरेको छ। कम्पनीले आउँदो वैशाख ९ गते शनिबारका लागि सभा आह्‍वान गरेको हो। सभा काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगीमा बिहान ९ बजेबाट हुनेछ।

सभामा संचालक समितिले प्रभुले सेञ्चुरी क्यापिटल लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गर्नेछ। सेञ्चुरीलाई प्राप्ति गर्ने प्रयोजनका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ स्वाप स्वामित्व स्वीकृत गर्ने पनि प्रस्ताव सभाले पारित गर्नेछ।

साथै सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव उपर पनि छलफल गरिने भएको छ। प्रभु क्यापिटलका व्यापार प्रमुख वासु थपलियाका अनुसार आइपीओ ल्याउने विषयमा छलफल सुरु भए पनि के कति ल्याउने भन्ने टुंगो भइसकेको छैन।

‘मर्जरपश्चात पुँजीको संरचना परिवर्तन हुँदै छ। त्यसैअनुसार आइपीओका लागि अघि बढ्छौं। आइपीओ जारी गर्ने विषय अघि बढे पनि कतिको ल्याउने भन्ने टुंगो भइसकेको छैन,’ उनले भने।

हाल प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब र सेञ्चुरी क्यापिटलको चुक्ता पुँजी २० करोड छ। बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीहरु मर्जरमा गएपछि मर्चेन्ट बैंकहरु पनि मर्जरमा जाने भएका हुन्। सम्भवतः मर्चेन्ट बैंकहरु मर्जरमा जाने यिनै कम्पनी पहिलो हुन्।

ग्लोबल आईएमई क्यापिटल र बीओके क्यापिटल पनि मर्जरका क्रममा छन्।

760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?