जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सुमेरु सहकारीको अर्बौं रकम हिनामिना गरी फरार रहेका अध्यक्षविरुद्ध रेड नोटिस

सुमेरु सहकारीको अर्बौं रकम हिनामिना गरी फरार रहेका अध्यक्षविरुद्ध रेड नोटिस

हकारीको अर्बौं रकम हिनामिना गरी फरार रहेका ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ । ठगीसम्बन्धी कसूरका फरार प्रतिवादी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी पक्राउका लागि रेड नोटिस जारी भएको बताइएको छ ।

उनीविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपराध अनुसन्धान विभागको इन्टरपोल शाखालाई गत बिहीबार पत्राचार गरेको थियो । शुक्रबारका दिन इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको शाखाले जनाएको छ ।

फरार भएका उनीविरुद्ध बचतकर्ताहरुले सीआईबीमा उजुरी दिएका थिए । त्यस्तै, उनलाई इन्टरपोलमार्फत पक्रेर नेपाल ल्याउन र निक्षेपकर्ताको लगानी सुरक्षित गराउन बाग्मती प्रदेशको सहकारी विभागले समेत सीआईबीलाई पत्राचार गरेको थियो ।

महर्जन हिनामिना गरिएको करोडौं रुपियाँ लिएर लामो समयदेखि बेलायत बस्दै आएका छन् ।

2945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका